२०८२ फाल्गुन २३ , शनिवार

४० अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से  साताको पहिलो दिन आइतबार अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ ।

सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो ।

 

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढे ।