२०८२ फाल्गुन २४ , आइतवार

चुनावअघि महाधिवशेन नभए चुनावमा उम्मेदवार नहुने कांग्रेसका दुई महामन्त्रीको भनाई

Gagan Bishow

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन नभए आगामी चुनावमा उम्मेदवार नहुने बताएका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले महाधिवेशन  मार्फत नेतृत्व परिवर्तन नभए आगामी चुनावमा उम्मेदवार नहुने बताएका गर्न हुन् ।

 

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजेदेखि १२:३० सम्म भेटेर छलफल गरेका थिए ।

महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार नबन्ने जानकारी दुई महामन्त्रीले गराएको शेर्पाले बताए ।

 

सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।