२०८२ फाल्गुन २३ , शनिवार

अभिनेत्री सोनम कपूरले दोस्रो गर्भावस्थाको पुष्टि गरे

sonam_kapoor7

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री सोनम कपूरले दोस्रो गर्भावस्थाको पुष्टि गरेकी छिन् । राजकुमारी डायनाबाट प्रेरित गुलाबी सुटसहितको आकर्षक फोटोमा उनले ‘बेबी बम्प’ देखाएकी छन् । क्याप्सनमा उनले ‘आमा’ भनेर उल्लेख गरेकी छन् । उनले श्रीमान् आनन्द आहुजासँगको संयुक्त पोस्ट सेयर गरेकी छिन्, जुन अनलाइनमा भाइरल भइरहेको छ । उनले सन् २०२६ मा दोस्रो सन्तानलाई स्वागत गर्ने बताएकी छन् । सोनम आफैंले आफ्नो ‘बेबी बम्प’ देखाउँदै र फ्यानहरूसँग खुसीको खबर साझा गर्दै यसको पुष्टि गरेकी छिन् ।