२०८२ फाल्गुन २३ , शनिवार

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

accident-new-1761319470

सुनाखरी न्युज/ काठमाडौं ।
जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ( रासस )