
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अख्तियारले अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको बताए ।कुनै कुराहरू कानुनी रूपमा गाह्रो छ । ‘जग्गा छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा आएको छ । कानुनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो,’ मन्त्री पुन भने । अनलाइनखरबसँगको अन्तर्वार्तामा मन्त्री पुनले मन्त्रालयले नै प्रतिवेदन अख्तियारलाई दिएको बताए ।