
सुनाखरी न्युज/ काठमाडौं ।
अहिले थाइल्याण्डमा ‘मिस युनिभर्स २०२५’ जारी छ । बुधबार ‘नेसनल कस्ट्युम कम्पिटिसन’ आयोजना भयो । ‘मिस युनिभर्स नेपाल’ सान्या अधिकारीले पनि नेपालको ‘नेसनल कस्ट्युम’ त्यहाँ प्रस्तुत गरिन् । यसवर्ष ‘मिस युनिभर्स’ मा नेपालको राष्ट्रिय पोशाक प्रसिद्ध इजरेली फेसन डिजाइनर एभियाड एरिक हर्मनले डिजाइन गरेका हुन् । ‘मिस युनिभर्स २०२५ को लागि मेरो राष्ट्रिय पोशाक अनावरण गर्न पाउँदा गर्व लागेको छ, यो उत्कृष्ट कृति हो जसले नेपालको आत्मालाई मैले विश्वसँग बाँड्न चाहेको सन्देश बोकेको छ’ नेसनल कस्ट्युमबारे अधिकारीले भनेकी छिन् । शुक्रबार ग्राण्ड फिनाले आयोजना हुँदैछ ।