
सुनाखरी न्युज/ काठमाडौं ।
दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो ।
चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त नियुक्ति दिइएको हो ।
सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृत ( करार सेवामा ) पदमा मगियालाई रोजगारी उपलब्ध गराइएको छ मंगलबार ( मंसिर २ ) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतमा नियुक्ति दिएका छन् ।