२०८२ फाल्गुन २३ , शनिवार

एनपिएल क्रिकेटः पोखरा ‘टस’ जितेर बलिङमा

chi-e1763459104482

सुनाखरी न्युज/ काठमाडौं ।

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले ‘टस’ जितेर बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई रहेको छ । दुवै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोज विजयी भयो ।
रासस