२०८२ फाल्गुन २२ , शुक्रवार

शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता

education_ministry_Is6m9bTtWQ-1723557147

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श, पूर्वतयारी तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरणका लागि ताकेता गरेको छ । शैक्षिक परामर्श तथा भाषा शिक्षासम्बन्धी निर्देशिका, २०७३ बमोजिम नवीकरणका लागि कागजात पेस गर्न र लाग्ने दस्तुर तिर्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयद्वारा जारी सूचनामा आर्थिक वर्ष २०८१/८२ मा नवीकरण भएका ७२० संस्थाको हकमा मन्त्रालयले पछिल्लो मापदण्डअनुसार दायित्व पूरा गर्न भनिएको छ । समयमा निवेदन र कागजात नबुझाउने संस्थाहरूलाई मन्त्रालयले नवीकरण भएका संस्थाको सूचीमा नराख्ने सूचनामा जनाउ दिइएको छ ।रासस