२०८२ फाल्गुन २३ , शनिवार

एनपिएल : कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै

karnali-yaks-e1763444863801

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवन राइनोजको ‘प्लेइङ–११’ मा कप्तान मल्लसहित रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, विपिन आचार्य, कमलसिंह ऐरी, डेविड मलान, रबी बोपारा, सइफ जइब र सोहेल तन्विर रहेका छन् । त्यसैगरी कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरिरहेका छन् । कर्णालीका अन्य खेलाडीमा पवन सर्राफ, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्री, मार्क वाट, म्याक्स ओडाउड, अर्जुन घर्ती, गुल्सनकुमार झा, नजिबुल्लाह जद्रान र प्रियाङ्क पाञ्चल छन् । सोमबार उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

रासस