
सुनाखरी न्युज/ काठमाडौं ।
एन आई सी एशिया बैंक र एनसीएचएल बीच NPS–NCSतथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नु भएको हो । एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NEPALPAY Card इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS र NEPALPAY Card मा आवद्ध भइरहेका छन् । NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात् एन आई सी एशिया बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । NPS–NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । NPS–NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको एन आई सी एशिया बैंकले देश भरी रहेका ३६० वटा शाखा / ११५ विस्तारित काउन्टर / ४१ शाखारहित बैंकिङ्ग तथा ६४९ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । थप जानकारीका लागिः www.nchl.com.npवा www.nicasiabank.com मा हेर्नुहोस् ।