
सुनाखरी न्युज/ काठमाडौं ।
उपर्युक्त सम्बन्धमा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१ दरवारमार्ग स्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रा.लि.को बीचमा लिजमा दिने / लिने करार संझौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं.४६०६ को जग्गा भन्दा बढी अर्को कि.नं.४६०५ समेत थप गरी लिजमा दिने / लिने सम्बन्धमा वदनियत पूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने संझौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी हुने गरी मिति २०७४/०२/१४ गते करार संझौता गरी लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्द रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरुले गैर कानूनी तवरले लाभ लिई ठगी,आपराधिक विश्वासघात गरेको,उल्लेखित कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको भन्ने ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा उक्त करार संझौता गर्ने कार्यमा संलग्न रहेका तत्कालिन सह सचिव लेख बहादुर कार्कीलाई मिति २०८२/०७/२१ गते पक्राउ गरी अनुसन्धान हुँदै जाँदा गणेश बहादुर कार्कीको नाति, लिला बहादुर कार्कीको छोरा, जिल्ला दोलखा, जिरी नगरपालिका वडा नं. ६ बस्ने तत्कालिन नेपाल ट्रष्टको कार्यालयमा सचिव पदमा रहेका (हाल सेवा निवृत्त) अर्जुन कुमार कार्कीको समेत संलग्नता रहेको खुल्न आएकोले सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निज अर्जुन कुमार कार्कीलाई आज मिति २०८२/०७/३० गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।