
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।आज सुन तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलाको २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय ३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।