२०८२ फाल्गुन २७ , बुधवार

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ । सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वदलिय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघाह क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ ।” उहाँकाअनुसार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

रासस