२०८२ फाल्गुन २३ , शनिवार

‘मिस इन्टरनेसनल’ मा सहभागी हुन उरुषा भण्डारी जापान प्रस्थान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६३ औं संस्करणमा सहभागी हुन मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी जापानतर्फ प्रस्थान गरेकी छन् । उनलाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीसहित सन् २०२५ का मिस नेपालको ब्याचका सुन्दरीहरूले बिदाइ गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै उरुषाले मुलुकको गरिमा बढाउन आफूले सक्दो योगदान गर्ने बताइन् । ‘जितको लागि सक्ने प्रयास गर्नेछु । यसका लागि म उत्साहित छु’ उनले भनिन् ।