२०८२ फाल्गुन २४ , आइतवार

सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको गृहमन्त्री जस्तो लाग्न थाल्यो

sudan-gurung–768×512

सुनाखरी न्युज/ काठमाडौं ।

हामी नेपालका संयोजक सुदन गुरुङले ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको टिप्पणी गरेका छन् । नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा बिहीबार लैनचौर पुगेका गुरुङले भने, ‘उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो । अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहनुभएको छ । जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ ।’ गृहमन्त्रीले चुनाव-चुनाव मात्र भनिरहेकोले उहाँप्रति शंका उत्पन्न भएको गुरुङको भनाइ छ । उनले भने, ‘गृहमन्त्री अर्याल खाली चुनाव-चुनाव मात्र भनिरहनुभएको छ । जेनजीका माग पूरा नभई कसरी चुनावमा जान सकिन्छ ?’जेनजीका माग चुनाव मात्र नभएको उनले बताए ।