२०८२ फाल्गुन २३ , शनिवार

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

Dan Bahadur

सुनाखरी न्युज/ काठमाडौं ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव रामेश्‍वर दंगालले आज  महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन्।

 

मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले कार्कीलाई ३३ औं आईजीपीमा बनाउने निर्णय गरेको हो । कार्यक्रममा कार्कीले प्रहरीको मनोबल बढाउँदै अगाडि बढाउने बताए। उनले संगठनमा सुढृढ नेतृत्व र सामुहिक भावनाअनुसार अगाडि बढाउने बताए। उनले आफूले पाएको जिम्मेवारी पारदर्शिताका साथ पूरा गर्ने धारणा राखे।

आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका थिए।