२०८२ फाल्गुन २३ , शनिवार

हल भिजिटमा ‘मनबिनको धन’ लाई सकारात्मक प्रतिक्रिया

ashok_darji1

सुनाखरी न्युज/ काठमाडौं ।

बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । हल भिजिटमा पुगेका कलाकार दर्जी, निर्देशक टंक बुढाथोकीसहितको टिमलाई दर्शकले मीठो प्रतिक्रिया दिएका छन् । ‘फिल्म प्रदर्शन भएको पाँचौ दिनमा पनि दर्शकको भीड बढेको छ’ बुढाथोकीले अनलाइनखबरलाई भने । हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ । राजधानीसँगै पूर्वको इटहरी, विर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा र दाङमा पनि दर्शकको उल्लेख्य भीड देखिन्छ । पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ ।