
सुनाखरी न्युज/ काठमाडौं ।
बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगमा दिएको निवेदनमा पार्टीको अध्यक्षमा प्रसाईंलाई राखिएको छ भने पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।