
सुनाखरी न्युज/ काठमाडौं ।
दुई बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्।
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमास ९साउनदेखि असोजसम्म०को अवधिमा कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।
कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार गर्न नपाइने भएपनि कुमारी बैंकले यस्तो गरेपछि सचेत गराइएको हो।
कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ।
प्राइम बैंकलाई भने कर्जाको भाका नाघेको अवधिको आधारमा वर्गीकरण नगरेका, केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना नियम अनुसार नगरेको भन्दै सचेत गराइएको हो।