
नेकपा ( एमाले ) ले आज ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा गर्दैछ । दिउँसो साढे २ बजे राष्ट्रिय सभागृहमा घोषणा सभा आयोजना गरिएको हो । एमाले फर्कने तयारीसहित आज ( सोमबार ) औपचारिक कार्यक्रममार्फत उनी एमाले फर्कने भएकी हुन्।
माधव कुमार नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन्। पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्ने जनाइएको छ ।
नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किएको घोषणा गर्ने तयारीमा छ ।