२०८२ फाल्गुन २३ , शनिवार

३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।