
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो ।