
सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ ।
साँझ साढे ५ बजेबाट धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर अवरुद्ध बनेको उडान र अवतरण प्रणाली अहिले सुचारू भएको विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले जानकारी दिए ।
‘के कारणले यो समस्या आएको हो भन्ने बारे थप अध्ययन हुन्छ, त्यसपछि मात्र कारण बारे भन्न सकिन्छ,’ उनले भने ।
लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।