२०८२ फाल्गुन २८ , बिहिवार

आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

ish-nath-nagarpalika-rautahat1-1762657201

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ। रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वसभापति ६३ वर्षीय आलमको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा शनिबार ( कात्तिक २२) बिहान निधन भएको हो । उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए ।

आलम ०१९ असार ५ गते रौतहटको तत्कालीन राजपुर फरहदवा गाविस–४ मा जन्मिएका थिए । उनले ०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका थिए । उनी पटक–पटक मन्त्री बनेका थिए ।

०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिकाका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसलापछि उनले जेलजीवन बिताएको उल्लेख गरेको छ ।