२०८२ फाल्गुन २३ , शनिवार

बैंकिङ क्षेत्रको नाफा घट्यो, कुन बैंकको अवस्था कस्तो ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२र८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको हो । गत वर्ष बैंकहरूले यही अवधिमा १६ अर्ब १८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

बजारमा अधिक तरलता र ऋणको किस्ता उठ्न नसक्नुलाई बैंकहरूको नाफा घट्नुमा  मुख्य कारणको रूपमा देखिएको छ । यो अवधिमा २० वाणिज्य बैंकमध्ये १५ वटा बैंकको नाफा घटेको छ । बाँकी ५ बैंकमध्ये तीन बैंकले स्वाभाविक रूपमा नाफा बढाउँदा २ बैंकको भने अघिल्लो वर्षको खराब अवस्थाका कारण यो वर्ष नाफा बढेको देखिएको छ ।

कुन बैंकको नाफा कति ?
यो अवधिमा ग्लोबल आईएमई बैंकको नाफा सबैभन्दा धेरै रहेको छ । उक्त बैंकले पहिलो त्रैमासमा १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो । यो बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै २३ प्रतिशत नाफा वृद्धि गर्न सफल भएका कारण बैंकले नाफाका आधारमा पहिलो स्थान प्राप्त गर्न सफल भएको हो ।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ । उक्त बैंकले यो अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको नाफा कमाएको विवरण प्रस्तुत गरेको छ । यो अघिल्लो वर्षको भन्दा १४।५७ प्रतिशत कम हो । तेस्रो स्थानमा रहेको प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड नाफा कमाएको छ, यो अघिल्लो वर्षभन्दा सामान्य कम हो ।

त्यस्तै, एभरेष्ट बैंक र कुमारी बैंकले पनि यो अवधिमा नाफालाई १ अर्ब भन्दा माथि कायम गर्न सफल भएका छन् । नाफाका आधारमा यी बैंकहरू क्रमशः चौथो र पाँचौँ स्थानमा देखिन्छन् ।

एभरेष्टले आफ्नो नाफामा ४।५७ प्रतिशत सुधार गर्दै १ अर्ब १७ करोड नाफा पुर्याएको छ । कुमारी बैंकको नाफा भने सामान्य ९२।०१ प्रतिशत० घटेर १ अर्ब ५ करोड कायम भएको छ ।

 

एनएमबि बैंकले यस अवधिमा ९१ करोड ५९ लाख नाफा कमाएको छ । गत वर्ष १ अर्ब १४ करोड रहेको नाफा झण्डै २० प्रतिशतले घटेका कारण बैंकको नाफा त्यतिमा सीमित भएको हो ।

यीबाहेक हिमालयन बैंकको ७० करोड २८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६९ करोड २१ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५९ करोड ८७ लाख, नेपाल बैंकको ५८ करोड ८२ लाख, प्रभु बैंकको ५५ करोड ८४ लाख रुपैयाँ नाफा रहेको छ । यसमध्ये प्रभु बैंकले अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ४ करोड नाफा कमाएको थियो । उक्त बैंकको नाफा ४६ प्रतिशत घटेको हो । गत वर्ष १५ करोडमात्रै नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंक भने २९५ प्रतिशतको सर्वाधिक वृद्धि हासिल गर्न सफल भएको देखिन्छ ।

बाँकीमध्ये एनआईशी एशिया बैंकको १०।५३ प्रतिशतले बढेर १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६।९२ प्रतिशतले घटेर ४ करोड ५० लाख तथा कृषि विकास बैंकको ९६।९९ प्रतिशतले घटेर ५७ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै,  सानिमा बैंकको नाफा १३।८६ प्रतिशतले बढेर ४५ करोड ५९ लाख कायम भएको छ । माछापुच्छ्रे बैंकको १६।९५ प्रतिशतले घटेर ४१ करोड ७९ लाख, लक्ष्मी सनराइज बैंकको ३८.०४ प्रतिशतले घटेर ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको १५।१८ प्रतिशतले घटेर ३२ करोड ४० लाख कायम भएको छ ।

 

यो अवधिमा सिटिजन्स बैंक भने नोक्सानमा गएको छ । उक्त बैंक २२ करोड ४ लाख नोक्सानमा गएको हो । गत वर्षको यही अवधिमा बैंक १८ करोड ८२ लाख रुपैयाँ नाफामा थियो ।