२०८२ फाल्गुन २३ , शनिवार

किसानलाई अनुदानमा गहुँको बीउ

gahu

सुनाखरी न्युज/ काठमाडौं ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ । जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो । किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ । जसमा किसानलाई प्रतिकिलो ३७ रूपैयाँ पर्न जान्छ ।

रासस