२०८२ फाल्गुन २५ , सोमवार

मतदाता नामावली दर्ताका लागि प्रधानमन्त्रीको अपिल

sushila1)-1758803587

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।

सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै प्रधानमन्त्री कार्कीले २१ फागुनका लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको स्मरण गराउँदै मताधिकारका लागि पहिले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकी हुन् ।

निर्वाचन आयोगको वेबसाइटमार्फत प्रि – इनरोलमेन्ट गर्न सकिने भन्दै नामावलीमा रहेको त्रुटि सच्याउने तथा मतदान केन्द्र सार्ने काम अनलाइन प्रणालीमार्फत नै गर्न सकिन्छ ।निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।