२०८२ फाल्गुन २३ , शनिवार

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य

577428918_1290757269747317_5627150672038008282_n-1762486824

सुनाखरी न्युज/ काठमाडौं ।

हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । प्रतियोगितामा १२ टोली सहभागी छन् । नेपाल ब्याटिङ गरिरहेको छ ।( रासस )