२०८२ फाल्गुन २४ , आइतवार

सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता-मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ। टिकटकले क्रिएटरहरूलाई Safety and Productivity tools उपलब्ध गराउँदै आएको छ, जसले उनीहरूलाई कन्टेन्ट बनाउन, फ्यानहरूसँग जोडिन र आफ्नो उपस्थितिमाथि नियन्त्रणको अनुभूति पाउन मद्दत गर्छ। यी सुविधाहरूले अनावश्यक व्यवहारबाट क्रिएटरलाई जोगाउँछन् र सामग्री तथा दर्शकसँगको अन्तरक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्छन्। टिकटकले Creator Care Mode नामक नयाँ फिचर लन्च गरेको छ जुन विशेष गरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ। एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरूलाई स्वचालित रूपमा हाइड गर्दिन्छ। यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ। यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, जसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्दछ।