२०८२ फाल्गुन २३ , शनिवार

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

panch pandav

सुनाखरी न्युज/ काठमाडौं ।
अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिनुभयो । निर्देशक निरौलाले भन्नुभयो, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।”

उहाँले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल ९धुर्मुस०, जितु नेपाल र सागर लम्साल ९बले०, दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिनुभयो । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताउनुभयो ।

कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुनुहुन्छ । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिनुभयो ।(रासस)