२०८२ फाल्गुन २३ , शनिवार

‘जारी २’ को अग्रिम टिकट बिक्री खुला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’ को एड्भान्स टिकट बिक्री नेपालका हलले खुलाउन थालेका छन् । प्रारम्भिक शोज तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ शोज पाएको छ । विहिबार बेलुकासम्म कम्तीमा २०० देखि ३०० हाराहारीमा शोज हुनसक्ने अनुमान गर्न सकिन्छ ।सोही दिन रिलिज हुने अर्को फिल्म ‘मन बिनाको धन’ले न्यून शो पाएको देखिन्छ । हलले एक/एक शोको अनुपातमा टंक बुढाथोकी निर्देशित फिल्मलाई शो दिएका छन् । यो शोज संख्या अन्तिम भने होइन, यसको लागि विहिबार बेलुकासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । ‘जारी’ को दोस्रो श्रृंखलालाई लिएर तीव्र प्रतीक्षा छ । दुईवर्षअघि रिलिज भएको पहिलो भागले २ करोड १५ लाख नेरु ग्रसको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबारको कमाइ पनि २ करोडभन्दा माथि थियो । फिल्मको लाइफटाइम कलेक्सन १७ करोड ४८ लाख थियो । बक्सअफिस विरासत बोकेको ‘जारी’को दोस्रो श्रृंखलासँग दर्शकीय अपेक्षा पनि उत्तिकै छ ।