
सुनाखरी न्युज/ काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्क पुगेर नि:शुल्क इन्टरनेट सेवाबारे जानकारी लिएका छन् । बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर उनले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् । मन्त्री खरेलको सचिवालयका अनसार, देशका विभिन्न शहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा सुचारु गर्ने प्रक्रिया अघि बढेको छ ।