२०८२ फाल्गुन २३ , शनिवार

बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ

pasang-sherpa

सुनाखरी न्युज/ काठमाडौं ।

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एस. पी.  पवन भट्टराईले बताए । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् ।

बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । शेर्पामाथि बहुविवाह कसुरको मुद्दा थियो। “उहाँलाई फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको हो,” भट्टराईले भने, “भोलि कारागार पठाइनेछ।”

शेर्पामाथि उनकी जेठी श्रीमती करिश्मा खरेलले बहुविवाहको मुद्दा दायर गरेकी थिइन्। खरेलसँग शेर्पाले २९ असार २०६२ मा बिहे गरेका थिए। कान्छी श्रीमती पूजा परियारले बहुविवाह मुद्दामा सफाइ पाएकी थिइन्।