२०८२ फाल्गुन २५ , सोमवार

पार्टी छाड्ने निर्णयमाथि पुनःविचार गर्न प्रचण्डको जनार्दनलाई आग्रह

prachanda

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गरेका छन् । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।‘अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ भनेर अपिल गर्नुभएको छ,’ प्रचण्डको भनाइबारे जानकारी गराउँदै नेता अग्निप्रसाद सापकोटाले भने, ‘देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभयो । नेतृत्वको टिम निर्माण गर्ने कुरा पनि बताउनुभएको छ ।’