२०८२ फाल्गुन २४ , आइतवार

हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना बेपत्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् । प्रहरी घटनास्थल पुगेको छैन । घटनाको थप बिवरण आउन बाँकी छ ।