२०८२ फाल्गुन २८ , बिहिवार

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

572756309_1497744471839203_60505296712465818_n

सुनाखरी न्युज/ काठमाडौं ।

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
रासस