२०८२ फाल्गुन २३ , शनिवार

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबिच छलफल

sushilakarki1-1758856406

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु भएको छ। आइतबार अपराह्न सबै मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो । बैठक अपराह्न ४ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलागरी सुरु भएको हो ।परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।