२०८२ फाल्गुन २५ , सोमवार

बञ्चरेडाँडामा अवरोध भएपछि काठमाडौं महानगरले भन्यो-घरबाट फोहर बाहिर ननिकाल्नू

kathmandu-mahanagar-768×427

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।