२०८२ फाल्गुन २५ , सोमवार

बीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले २ अर्ब ६० करोड रुपैयाँ अनुदान

Image (5)_gnvgk1o

सुनाखरी न्युज / काठमाडौं ।

बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा आज भएको हो ।