२०८२ फाल्गुन २३ , शनिवार

अभ्यासको क्रममा घाइते भएका युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

Ben2025-10-30-09-35-31_1000x603_50

सुनाखरी न्युज / काठमाडौं ।

अभ्यासका क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ । १७ वर्षीय क्रिकेटर बेन अस्टिनले मेलवर्नमा नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको थियो ।

अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो । मंगलबार घाइते हुँदा आपतकालीन सेवाहरू बोलाइएको थियो । अस्पताल लगिएपछि, बेनलाई लाइफ सपोर्टमा राखिएको थियो ।

त्यसपछि उपचारको क्रममा उनको बुधबार मृत्यु भएको छ । उनको क्रिकेट क्लब क्रिकेट भिक्टोरियाले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ ।