
सुनाखरी न्युज / काठमाडौं ।
अरब सागरमा बनेको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायूका कारण आज बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ । आज धेरैजस्तो ठाउँमा हल्का वर्षा हुनेछ । केही स्थानमा मात्रै भारी वर्षा हुनेछ । केही स्थानमा केही मिलिमिटरले मात्रै भारी वर्षा मापन हुने सम्भावना रहेको उनको भनाइ छ ।
“काठमाडौंमा आज हल्का वर्षा हुनेछ । भोलि पनि काठमाडौंमा हल्का वर्षाकै सम्भावना धेरै छ ।आजभन्दा ‘मोन्था’को प्रभाव भोलि धेरै देखिनेछ । त्यसैले आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । आज दिउँसोबाट ‘मोन्था’को प्रभाव केही बढ्दै जाने र रातिबाट थप बढ्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा पनि रातिबाट यसको प्रभाव बढी देखिनेछ । प्रभाव बढ्दै जाँदा वर्षा पनि ठूलो हुँदै जानेछ । “शनिबार बिहानबाट केही कम हुँदै जानेछ र दिउँसो मोन्था नेपालबाट बाहिरनेछ ।”
यसैबीच, आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागरिकलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ । आज बिहानदेखि भोलि बिहानसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ ।