२०८२ फाल्गुन २३ , शनिवार

बालुवाटारमा राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु

Capture

सुनाखरी न्युज / काठमाडौं ।

सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । जसलाई सरकारले त्रिपक्षीय वार्ता पनि भनेको छ । छलफलमा जेनजीका तर्फबाट १४ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी भएका छन् । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी छन् ।