२०८२ फाल्गुन २३ , शनिवार

आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

aalu-kanchanpur-1024×693

सुनाखरी न्युज / काठमाडौं ।

मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ । आलु रोप्ने चटारोमा रहेका किसानले तीन दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएका हुन् । आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ । बेदकोट नगरपालिका–१ का किसान गोपाल रानाले तीन दिनअघिमात्र पाँच कठ्ठामा आलु रोपेको बताउनुभयो । “वर्षा होलाजस्तै छ”, उहाँले भन्नुभयो, “वर्षा भए रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौँ, वर्षा भए रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हँुदा उत्पादनमा असर पर्छ ।” वर्षा भए खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुनसक्ने कृषि प्राविधिक सन्तोषबहादुर सिंहले बताउनुभयो । कञ्चनपुरमा आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ । पछिल्ला वर्षहरूमा अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले समस्या भोग्दै आएका छन् । सिँचाइ प्रणालीमा सुधार र मौसमअनुकूल प्रविधि अपनाउन सकेमात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ ।

रासस