
सुनाखरी न्युज/ काठमाडौं ।
केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ । “विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भई रहेको केसीएएले जनाएको छ । मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरू बिच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ ।
रासस/सिन्ह्वा