२०८२ फाल्गुन २५ , सोमवार

उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न

hastantaran

सुनाखरी न्युज/ काठमाडौं ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज एक कार्यक्रमबीच सङ्घका अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।अध्यक्ष श्रेष्ठले यस परियोजनामा जडित उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उपत्यका प्रहरी प्रमुख कार्कीले सङ्घप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गैरआवासी नेपाली सङ्घ (एनआरएन) ले आन्दोलनका क्रममा जलाइएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज हामीलाई हस्तान्तरण गरिएको छ । हामी खुसी छौँ । सबैलाई आवश्यक पर्ने संरचनामा क्षति गर्नु हुन्न भन्ने हामीले हाम्रा सन्ततिलाई सिकाउन जरुरी छ ।”
रासस