
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा राति ११ बजे सिंगापुरका प्रस्थान गर्ने तय भएको छ।
देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने उनको सचिवालयले जनाएको छ। देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन्।
पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको हो।