२०८२ फाल्गुन २३ , शनिवार

सेयर बजारमा सुधार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार आइतबार अन्तिम समयमा  बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ ।

कारोबार रकम न्युन देखिएको छ । जम्मा २ अर्ब ६६ करोडको कारोबार भयो । तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोडको भएको थियो ।

 

९८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ४ को स्थिर रह्यो । आज अन्य समूह सबैभन्दा धेरै ३।०५ प्रतिशत बढ्यो । नेपाल पुनर्बीमाको मूल्य ७।१० प्रतिशत बढेसँगै अन्य समूहमा उच्च वृद्धि देखिएको हो ।