२०८२ फाल्गुन २३ , शनिवार

थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाल्यो पुनः उडान

Thai Air Asia

सुनाखरी न्युज/ बुटवल ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले  आइतबारदेखि पुनः उडान सुरु गरेको छ । पछिल्लो समय भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा थाई एयर एसिया मात्र हो ।

थाइल्यान्डको बैंककबाट १७ जना यात्रु लिएर भैरहवा आएको विमान भैरहवाबाट १ सय ६२ यात्रु लिएर बैंकक फर्किने तयारीमा छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी उडान सुरु गरेको हो । आइतबार र बुधबार नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको महाप्रबन्धक तिवारीले बताए ।

पहिला उडान गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अहिले भैरहवाबाट नियमित उडान गर्न सकेका छैनन् ।