२०८२ फाल्गुन २४ , आइतवार

जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबारभित्र प्रवेश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबारभित्र प्रवेश गरेका छन् । आइतबार प्रधानमन्त्रीलाई भेट्न आएका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए । तर, केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको छ ।उनीहरूले आन्दोलनमा भएका घाइतेहरूको अवस्थाबारे ब्रिफिङ गर्नेछन् । साथै, आन्दोलनको स्पिरिटअनुसार अघि बढ्न दबाब दिन पनि उनीहरू प्रधानमन्त्री कार्कीलाई भेट्न लागेका हुन् । देशमा सुशासन, शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ-आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्‍दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।